प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवन १२ करोडको लागतमा निर्माण

नवलपुर टुडे


नवलपरासी ५ । रु १२ करोडको लागतमा पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको निर्माणाधीन मुख्य प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ । देश भरि विभिन्न योजनाहरूको निर्माण कार्य ढिलाई भई रहेको भए पनि गाउँपालिकाले प्रशासनिक भवन निर्माण कार्यलाई तिव्रता दिए पछि अहिले अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको हो ।
करिब ९ कट्ठा जग्गामा उतm प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा छ । रु ,१२ करोड लागतको बन्ने प्रशासनिक भवन अपाङ्गमैत्री समेत छ । गाउँपालिकाको प्रशासनिक भवन गाउँपालिकाको मुख्य पूर्वाधार हो तसर्थ जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आए पछि मुख्य प्राथमिकतामा राखेर प्रशासनिक भवन निमार्ण गरिएको अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो ।
यसै आर्थिक वर्ष भित्र आफ्नो प्रशासनिक भवनमा सर्ने लक्ष्य रहेको छ । अहिले भवनको निर्माण अन्तिम चरणमा पुगेको गाउपालिका अध्यक्ष यादवले बताउनुभयो ।
अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा हालसम्म दुई वटा भवन भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएकोले जति सक्दो चाँडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागेको छ ।
यादव अनुसार साविक प्रतापपुर गाविसलाई गाउँपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नुपर्ने नीतिगत बाध्यताका कारण विगत वर्षमा भवनको निर्माण हुन सकेको थिएन । यद्यपि सबै नीतिगत बाध्यतालाई व्यवस्थापन गरि अब भवन निमार्ण कार्य सम्पन्न गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















