विशिष्ट खालको समावेशी भए मात्र लोकतन्त्र सुन्दर बन्छ : सञ्चारमन्त्री गुरुङ

नवलपुर टुडे


लालु चौधरी
लुम्बिनी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको हरेक क्षेत्रमा विशिष्ट खालको समावेशी भएमात्र लोकतन्त्र सुन्दर हुने बताउनुभएको छ ।
शुक्रबार गौतम बुद्धको भूमि लुम्बिनीको विश्व विद्यालयमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आठौँ सङ्घीय महाधिवेशनलाई सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।
असमावेशीलाई समावेशी बनाउन सङ्घीयता आएको मन्त्री गुरुङले भन्नुभयो । सङ्घीयताले मात्र आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने भएकोले यस्को संस्थागतको लागि आदिवासीहरू जागरुक हुनुपर्ने बताउनुभयो ।
‘‘जहाँ लोकतन्त्र त्यहा सङ्घीयता हुन्छ, उहाँले भन्नुभयो, मुलकलाई विखण्डनबाट जोगाउनका लागि सङ्घीयताको ल्याएका हौँ र नेपाली नागरिकलाई यो देश हाम्रो हो भन्ने अनुभूति दिलाउने पनि हो ।’’
नेपालको संविधानले समावेशी र पूर्ण समानुपातिकको अधिकार उल्लेख गरेको मन्त्री गुरुङले बताउनुभयो । संविधान अनुसार आदिवासीहरूको अधिकार सुनिश्चितताको समावेशी आयोग, आदिवासी जनजाति आयोग, विभिन्न जातिय आयोग मार्फत सरकारले सम्बोधन गर्ने काम गरिरहेको छ ।
यस्तै आदिवासी जनजाति लगायतको मातृभाषाको संरक्षण र प्रवर्धनका लागि सरकारले रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रमा स्थान दिएको बताउनु भयो । मिडियामा समेत सरकारले पूर्ण समावेशीकरण गरेर काम गरिरहेको बताउनुभयो ।
यस्तै उहाँले नेपाललाई जोगाउनलाई कुनै राजा आउन आवश्यक नरहेको बताउनुभयो । नेपाललाई नेपाली नागरिकले जोगाइरहेको बताउनुभयो । ‘‘जुन राजाले आफ्नो दरबार जोगाउन सक्दैन, त्यहि राजाले कसरी देश जोगाउँछ, उहाँले भन्नुभयो, देश जोगाउनलाई कुनै राजा आउन पर्दैन ।’’
राजतन्त्र सदाका लागि अन्त्य भइसकेको छ, अब राजतन्त्र ब्युतिने सपना कसैले नदेखेको राम्रो हुने मन्त्री गुरुङले बताउनुभयो ।

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
अरुपनि पढ्नुहोस
सबै
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट

जापानी हवाई क्षेत्रमा रुसी विमान प्रवेश, लडाकू जेट परिचालन
















