शिक्षक महासंघद्वारा भोलिदेखि शैक्षिक हडतालकाे घोषणा

नवलपुर टुडे


काठमाडौँ । नेपाल शिक्षक महासङ्घले भोलिबाट शैक्षिक हडतालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालकाे घोषणा गरेको हो। शैक्षिक हडतालकाे क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारी विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ।
चैत्र २० गतेबाट काठमाडौँमा शैक्षिक सडक आन्दोलन चलिरहेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा अन्तिम र निर्णायक आन्दोलन भनेका छ। आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको महासंघले जनाएको छ ।
यो अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबैमा अनुरोध गरेको छ।


औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
अरुपनि पढ्नुहोस
सबै
लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, छ जना घाइते
















