विजयनगरमा ७० कुकुरको बन्ध्याकरण
धर्मेन्द्र कुमार कुर्मी
29


कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । गाउँपालिकाकाे आयाेजना र सहयोगी हातहरु भैरहवाकाे प्राविधिक सहयोगमा कुकुर बन्ध्याकरणकाे शिविर सञ्चालन गरिएको पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले जानकारी दिए । उनले ७० कुकुरकाे बन्ध्याकरण गरिएको बताए ।
जसमा ३० मेल र ४० फिमेल कुकुरको बन्ध्याकरण गरिएको उनले जनाए । विजयनगर गाउँपालिकाले समुदायमा छाडा कुकुरका कारण रेबिज जस्तो विभिन्न राेग लाग्ने, सडक दुर्घटना घट्ने गरेकाे भन्दै त्यसकाे न्यूनीकरणका लागि सामुदायिक कुकुरकाे बन्ध्याकरण गर्न २ दिने शिविर सञ्चालन गरेकाे हाे । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा मगरले छाडा कुकुरका कारण उत्पन्न हुने विभिन्न राेग र समस्याहरुलाई नियन्त्रणमा टेवा पुग्ने बताएका छन् । मानव जीवनलाई सुरक्षित बनाउन कुकुरको बन्ध्याकरणकाे शिविर आयाेजना गरिएको उनले बताए ।

सामुदायिक कुकुरको बढ्दो संख्याले राेेग बढ्ने र दुर्घटनाकाे नियन्त्रणमा सहयोग पुग्ने भन्दै कुकुर व्यवस्थापनमा अभियानकै रुपमा लागेकाे अध्यक्ष थापाले बताए । यस्तै ७ का वार्ड अध्यक्ष दिनेश कुमार चाैधरीले बालबालिका लगायत सर्वसाधारणलाई कुकुरले टाेकेकाे घटना बढेकाे बताए । उनले प्रत्येक वर्ष छाडा कुकुरले ८-१० ओटा पशु चाैपायालाई टाेकेकाे घटना पशु सेवा शाखामा आउने गरेकाे बताए । विजयनगर गाउँपालिकामा खाेप नहुँदा जनताले सास्ती खेप्नु परेको बताउँदै कुकुर र माेटरसाइकलकाे दुर्घटना बढ्दै गएको उनलेे बताए । यस्ता राेग र दुर्घटना न्यूनीकरणकाे साथै फाेहाेर बढी भएकोले सरसफाईमा समेत टेवा पुग्ने उनलेे बताए ।
पशु चिकित्सकले कुकुर बन्ध्याकरणलाई जाेड दिएकाे बताए । उनलेसामुदायिक कुकुरको संख्या कम गर्ने बताउँदै रेबिज राेग सर्नबाट जाेगाउने बताए । उनले रेबिज राेग, जुका, लुटाे र जेनेटिक राेगहरुलाई कम गर्न मदत गर्ने उनको भनाइ छ ।


ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
२०८३ मंसिर २ | मध्यान्ह ०४:०८ बजे

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत
२०८३ मंसिर २ | मध्यान्ह ०४:०८ बजे

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
२०८३ मंसिर २ | मध्यान्ह ०४:०८ बजे

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८३ मंसिर २ | मध्यान्ह ०३:०८ बजे

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
२०८३ मंसिर २ | मध्यान्ह ०१:०८ बजे
अरुपनि पढ्नुहोस
सबै
बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी
२०८३ मंसिर २ | मध्यान्ह ०१:०८ बजे

अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो
२०८३ मंसिर २ | मध्यान्ह ०१:०८ बजे

‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द
२०८३ मंसिर २ | मध्यान्ह १२:०८ बजे

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
२०८३ मंसिर २ | मध्यान्ह १२:०८ बजे












