राजनीतिक अस्थिरताले ब्यवस्था माथी प्रहार: सभामुख
दिप्शन गुरुङ


बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताले अहिलेको ब्यवस्था माथी प्रहार भएको बताउनु भएको छ । नेपालको अहिलेको शासन प्रणाली बिश्व कै उत्कृष्ट भएको बताउनु हुँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था कार्यान्वयनकै चरणमा रहेको बताउनु भयो ।
“संघ र प्रदेशमा छिटाे छिटो सरकार परिवर्तन भई रह्यो । यसले सकारात्मक सन्देश दिएको छैन ।” पाल्पाली समाज नेपालले आज बुटवलमा आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले भन्नूभयो- सरकार फेरबदल भई रहने र नेता तथा Lजनप्रतिनिधिको कार्यसैलीप्रति इङ्कित गर्दै केहीतत्वले ब्यवस्था माथी नै प्रश्न उठाएको छ ।” उहाँले जनताको कामबाट त्यसको जवाफ दिनु पर्ने पनि बताउनु भयो ।
समाजका अगुवाहरुको पहलले नै समाजमा समाजिक आर्थिक, सास्कृतिक र राजनीतिक बिकास हुने बताउनु हुँदै उहाँले सबैको एकाकार प्रयासबाट मुलुकको संमृद्वी हुने बताउनु भयो । उहाँले पाल्पालीहरु स्वाभीमानी र सरल भएकाले पनि केन्द्रिय राजनीतिमा प्रभाव राख्न नसकेको हो कि भन्ने आफुलाई लागेको बताउनु भयो । सभामुख घर्ती मगरले होली पर्वको शुभकामना दिनु हुँदै यो पर्बले पाल्पालीहरु सहित सम्पुर्णमा आपसी सदभाव भातृत्वको बिकास एवं सुस्वास्थ्य दिर्घायुको शुभकामना व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष पदम बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष जित बहादुर भाटको स्वागत, समाजका सैनामैनाका अध्यक्ष शोभाखर पोख्रेलको संचालनमा भएको होली मिलनमा पाल्पामा जन्मस्थल भई विभिन्न पेशा ब्यवसाय संचालन गरि रुपन्देही जिल्लामा बसोबास गर्नुहुनेहरुको उपस्थिति रहेको थियो । पाल्पा समाज २०६२ सालदेखि कृयाशिल रहेको छ ।
कार्यक्रममा संस्थापक सल्लाहकार डा.राम प्रसाद बस्याल, पुर्ब अध्यक्ष एम बि बिश्वकर्मा, संस्थापक महासचिब जगत पोख्रेल , पुर्ब सचिब किशोर पगेनी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
अरुपनि पढ्नुहोस
सबै
बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी

अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
















