यी चार प्रदेशमा हिमपातको सम्भावना

नवलपुर टुडे


काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
राति देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।


आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’

अमेरिकी डलरको भाउ १५१.०९ रुपैयाँ, अन्य मुद्राको विनिमयदर

बर्दिया दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
















