२५ वर्ष अगाडि हराएकी बाजुरा एक महिला भारतको पिथौरागढमा फेला

उमेश रोकाया


काठमाडौँ : २५ वर्षअगाडि हराएकी एक नेपाली महिला भारतको उत्तराखण्ड पिथौरागढमा फेला परेकी छन् । उनी पिथौरागढस्थित ‘वानस्टप सेन्टर’ को आश्रयस्थलमा रहेको सूचना आएपछि सोधीखोजी थालेर परिवारलाई सम्पर्कमा ल्याइएको किन इन्डियाका प्रमुख नवीन जोशीले बताए ।
उनी सन् २००७ देखि नै उनी ‘वानस्टप सेन्टर’को आश्रय स्थलमा थिइन् । तस्बिरसहितको जानकारी सामाजिक सञ्जालमा पोस्ट गरेपछि छोरी वर्षा शाहीले फोन गरेर उनी आफ्नो आमा भएको बताएकी जोशीको भनाइ छ ।
बाजुराको बुढीगंगा नगरपालिका-३ स्थायी ठेगाना भएकी उनको नाम शान्ति रहेको खुलेको छ । उनका श्रीमान् चन्द्रबहादुर र छोराहरू पनि सम्पर्कमा आइसकेको जोशीले बताए । परिवारजनका अनुसार २५ वर्ष अगाडि शान्ति हराएकी थिइन् ।
किन इन्डियाको फेसबुकमा शान्तिका छोरा भुपेन्द्र शाह ठकुरीले लेखेका छन्– ‘सपनाजस्तो लागेको छ । आज हाम्रो परिवारमा खुसीको बहार ल्याइदिनुभएकामा निकै आभारी छौं ।’ अहिले ७० वर्ष हाराहारी पुगेकी शान्तिलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर परिवारजनलाई जिम्मा लगाइने किन इन्डिया प्रमुख जोशीले बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















