बुढीगंगामा विहेको निम्तोमा दोहोरो झडपबाट एक जनाको मृत्यु

उमेश रोकाया


बाजुरा , फागुन ०९ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका ८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समुह विच दोहोरो झडपबाट घाईते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यू हुनेमा बुढीगंगा नगरपालिका ९ डुग्रीतोलाका अन्दाजी २९ बर्षिया रणबहादुर थापा रहेका छन । जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहोराका अनुसार हिजो राति बिहेको निम्तो खान गएका दुई समुह विच दोहोरो झडप भएको थियो । झडपमा रण बहादुर थापा घाईते भएका थिए ।
थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी बोहोराले बताएका छन । सुचना अधिकारी बोहोराका अनुसार आरोपीत ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाबारे सोधपुछ तथा अनुसन्धान भईरहेको बताए ।
पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ७ का वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । झडपबाट मृतक थापालाई बयालपाटा अस्पतालबाट पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















