नवलपुर टुडेका पत्रकार देवराजा यादवलाई अन्तर्राष्ट्रिय सञ्चार अवार्ड

नवलपुर टुडे


बुटवल । सुनसरीका पत्रकार देवराजा यादवले अन्तर्राष्ट्रिय सञ्चार अवार्ड प्राप्त गर्नुभएको छ । अपन स्वर्ग नेपाल कला संस्कृति चलचित्र महासङ्घले विभिन्न विधामा नेपाल र भारतका साहित्य, कला र सञ्चार क्षेत्रका व्यक्तिलाई सुनसरी जिल्लाको इनरुवामा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा पब्लिक खबर २४ अनलाइन टेलिभिजनका र नवलपुर टुडे अनलाईन सुनसरी समाचारदाता देवराजा यादवलाई सञ्चार अवार्ड प्रदान गरिएको हो । सुनसरी जिल्लामा रहेर सञ्चारकर्मबाट समाजमा योगदान गरेको भन्दै यादवलाई सञ्चार अवार्ड प्रदान गरिएको हो ।
शनिबार महासङ्घका अध्यक्ष झोटन मेहता र विशेष अतिथि शिवनारायण मेहताले यादवलाई सञ्चार अवार्ड प्रदान गरेका हुन । सोही कार्यक्रममा पत्रकार जयकृष्ण यादव, शङ्कर खरेल, लुकमान अन्सारी, रूपेश मोची, सुरेन्द्र कुशवाहालाई समेत अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















