दाङ दुर्घटना अपडेट : घाइते तीन जनालाई थप उपचारको लागि नेपालगन्ज लगियो

नवलपुर टुडे


बुटवल । दाङमा बस दुर्घटनामा परेर घाइते भएका तीन जनालाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । बाँकी १० जना सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङको बबई गाउँपालिका–२ तल्लो ट्वाङ्खोलाको घुम्तीमा गएराति दुर्घटना भएको थियो । कर्णाली प्रदेश ०२–००१ ख –०७०१ नम्बरको बस दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेको प्रहरी टोलीले घाईतेको उद्धार गरेको खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए ।
उनले कच्ची सडक भएकाले बसले नियन्त्रण गुमाउन पुग्दा दुर्घटना भएको देखिएको बताए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि तीन जनालाई रिफर गरिएको र बाँकी डिस्चार्ज भएको प्रहरीले जनाएको छ । बसमा ५५ जना यात्रु सवार थिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















