सार्वजनिक ऋण बढेर २६ खर्ब ११ अर्ब ६ करोड पुग्यो

नवलपुर टुडे


काठमाडौं । सार्वजनिक ऋण बढेर २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म आन्तरिक तथा बाह्य गरी कुल ऋण २६ खर्बभन्दा बढी पुगेको हो ।
माघ मसान्तसम्म आन्तरिक ऋण दायित्व १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ छ भने बाह्य ऋण दायित्व १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।
गत असार मसान्तसम्म कुल ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको सात महिनामा आन्तरिक तथा बाह्य ऋण एक खर्ब ७६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भएको हो ।
कार्यालयका अनुसार यो ऋण कुल गार्हस्थ उत्पादनको ४५.७७ प्रतिशत हो ।
चालु आर्थिक वर्षको सात महिनामा सरकारले कुल एक खर्ब ५० अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । जसमा आन्तरिकतर्फ एक खर्ब २७ अर्ब २४ करोड र बाह्यतर्फ २२ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
अरुपनि पढ्नुहोस
सबै
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
















