बाजुराका विद्यार्थी बोकेको बस कर्णाली राजमार्गमा दुर्घटना

उमेश रोकाया


बाजुरा , फागुन ०४ । बाजुराका विद्यार्थी बोकेको बस कर्णाली राजमार्गमा दुर्घटना भएको छ । नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतबार बेलुका दुर्घटनमा परेको छ । सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो । उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ । २६ जना विद्यार्थीहरू मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन् ।
प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका ६ बस्ने १८ वर्षीय हेमराज जैशी र सुनिलराज उपाध्याय रहेका छन् । उनिहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।
अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जैशीको दुबै हात, खुट्टा र ढाँडमा चोट लागेको छ भने उपाध्ययको छातिमा चोट लागेको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















