प्रहरीले श्रमदान गरेर पुस्तकालय भवन निर्माण

उमेश रोकाया


बाजुरा , फागुन ०१ । जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा पुस्तकालयको भवन निर्माण गरिएको छ । प्रहरी परिसरमा जिल्लाका नागरिकले दैनिक रुपमा पुस्तकालयमा आएर अध्ययन गर्ने गरी विभिन्न लेखकका पुस्तक सहित राख्ने गरी भवन निर्माण गरेको हो । प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीको नेतृत्वमा बसिवियालो नामक पुस्तकालय निर्माण गरिएको हो । प्रहरी प्रमुख गिरीको अगुवाईमा तीन तले भवन निर्माण गरिएको छ । गिरीको व्यक्तिगत लगानी चार लाख र अन्य प्रहरी निरिक्षक हुदै जवानहरुको श्रमदानमा करिव एक करोड बढीको लगानीमा भवन निर्माण गरिएको प्रहरी बताइएको छ ।
प्रहरीले निर्माण गरेको पुस्तकालयमा चिया,कफी,मनोरञ्जनका लागि टेलिभिजन लगायतका दृश्यहरु राखिने प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् । अनावश्यक रुपमा नागरिकहरु हिडडुल गर्ने र फुर्सदमा रहेका नागरिकले दिनभर आफुले चाहेका पुस्तक पढ्न पाउने र घरमा लिएर पनि पुस्तक लिएर पढ्ने गरी पुस्तकालय व्यवस्थापन गर्न लागिएको प्रहरी उपरिक्षक गिरीले बताए ।
पुस्तकालयको भवन निर्माणपछि पुस्तकहरुको व्यवस्थापन गरेर सबैले सहज रुपमा पुस्तकको पढ्न अवसर पाउने भएका छन् । प्रहरी कार्यालय परिसरमै पुस्तकालय संचालनमा आएपछि फुर्सदमा भएका हरेक नागरिकले पुस्तकालयमा गएर अध्ययन गर्न पाउने छन् । प्रहरी नायव उपरिक्षक गिरीले प्रहरी कार्यालयमा स्थपना गरिएको पुस्तकालयमा पाठ्यपुस्तक सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । उनले पुस्तकालयमा विभिन्न लेखकका पुस्तकहरु सहयोगका लागि अपिल प्रहरी नायव उपरिक्षक गिरीको रहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















