बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार

उमेश रोकाया


बाजुरा, माघ ३० । बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुढीगंगा नगरपालिका वडा नम्बर ६ की अन्दाजी १६ बर्षीय बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेका हुन् ।
माघ २१ गते साँझ घरनजिकै सडकमा हिड्दैँ गरेकी बालिकालाई जवरजस्ती गरेर तीन जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पिडित पक्षले घटना भएको ४ दिनपछि माघ २५ गते सोही ठाउँका तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका थिए । पिडित पक्षले बालिकामाथि बलात्कार गरेको भन्दै सोही ठाउँका अन्दाजी २५ बर्षका मार्सल थापा, २३ बर्षका किरण थापा र ४० बर्षका दिर्घ थापाविरुद्ध जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित तीनै जना अहिले फरार रहेका छन् । बालिकामाथि भएको सामूहिक बलात्कारको बिषयमा आवश्यक अनुसन्धान र फरार रहेका आरोपितहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















