बखान च्याम्पियनसिप : सूर्यपुर फाइनलमा प्रवेश

नवलपुर टुडे


चितवन । सूर्यपुर एफसी तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा अभिषेक चर्च रजहरलाई पराजित गर्दै सूर्यपुरले फाइनलमा स्थान पक्का गरेको हो ।
बखान मिनी रगंशालामा भएको खेलमा सूर्यपुरले अभिषेक चर्चलाई ३-१ ले पराजित गरेको हो । सूर्यपुरलाई जिताउन समिराज थोकरले २ तथा मोहित गुरुङले एक गोल गरे । अभिषेक चर्चका लागि एप्पीले एक गोल फर्काए ।
दुई गोल गरेका समिराज प्लेयर अफ दि म्याच भए । सूर्यपुरले अब उपाधिका लागि पटिहानी एफसीको सामना गर्नेछ । पटिहानी पहिलो सेमिफाइनलमा शारदा युथ क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको फाइनल खेल फागुन १ गते दिउँसो २:३० बजे हुनेछ । वडा खेलकुद बिकास समिति भरतपुर १९ को आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















