बिरेन सिंहद्वारा मणिपुरको मुख्यमन्त्री पदबाट राजीनामा

एजेन्सी


मणिपुर । मणिपुरका मुख्यमन्त्री नोङथोम्बम बिरेन सिंहले राज्यमा हिंसाको झण्डै दुई वर्षपछि आइतबार राज्यपाल अजय कुमार भल्लालाई आफ्नो राजीनामा बुझाएका छन् ।
मणिपुर उच्च अदालतले मेइती समुदायलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न राज्यलाई निर्देशन दिएपछि अखिल जनजाति विद्यार्थी युनियन अफ मणिपुर (एटीएसयुएम) ले निकालेको जुलुसमा सन् २०२३ मे ३ मा मणिपुरमा मेइती र कुकी समुदायबिच हिंसा भड्किएको थियो ।
‘अहिलेसम्म मणिपुरका जनताको सेवा गर्न पाउनु सम्मानको कुरा हो,’ सिंहले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन्, ’मणिपुरीको हितको लागि केन्द्र सरकारले विकास कार्य र विभिन्न परियोजनाहरू कार्यान्वयन गरेकोमा म हार्दिक आभारी छु ।’ यसलाई निरन्तरता दिन उनले केन्द्र सरकारलाई आग्रह गरे ।
सिंहले आइतबार दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहलाई भेटे । सन् २०२२ को विधानसभा चुनावमा एनडीए गठबन्धनले ६० सदस्यीय सदनमा ३२ सिटमा सहज जित हासिल गरेपछि बिरेन सिंहले मणिपुरको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए ।
काङ्ग्रेसले पाँच र नेकपाले सात सिट प्राप्त गरेको थियो । नागा जनमोर्चाले पाँच र कुकी जनता गठबन्धनले दुई सिट प्राप्त गरेको थियो । उक्त निर्वाचनमा स्वतन्त्रले तीन सिट पाएका थिए । एनडीएको सहयोगी जेडीयूले ६ सिट जितेको थियो । यद्यपि यसका पाँच विधायक पछि भाजपामा सामेल भए ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















