मुक्कुमलुङ संरक्षण समितिले कर्मचारीस्तरीय सरकारी समितिसँग वार्ता नगर्ने

नवलपुर टुडे


काठमाडौँ । मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिले सरकारले गठन गरेको कर्मचारीस्तरीय वार्ता समितिसँग छलफल नगर्ने बताएको छ । सो समितिले आज विज्ञप्ति जारी गर्दै कर्मचारीस्तरको सरकारी वार्ता समितिसँग छलफल नगर्ने बताएको हो ।
केबलकार निर्माणको विषयमा भएको विवादका सन्दर्भमा समिति र सरकारी वार्ता टोलीबिच गत २२ गते एक चरणको वार्ता भई ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता माघ २७ गते तय भएको छ । तर त्यसअघि नै सङ्घर्ष समितिले विज्ञप्ति जारी गरी गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको समितिसँग वार्ता नगर्ने भनेको हो ।
सङ्घर्ष समितिमा रहेका राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताले २२ गते भएको वार्ताले यो कर्मचारीस्तरीय वार्ता समितिले समस्या समाधान नहुने देखिएको बताउँदै सरकारले वार्ता समिति मन्त्री वा कुनै उच्च स्तरीय वार्ता समिति बनाउनुपर्ने माग गरे । माघ २२ गते भएको सहमतिअनुसार आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण बन्दीहरूलाई विना सर्त तत्काल रिहाइ गर्ने उल्लेख भए पनि ताप्लेजुङका प्रदीप मादेनलाई १० हजार तथा चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई प्रतिव्यक्ति पाँच–पाँच हजार धरौटीमा सशर्त रिहा गरेका गुनासो समितिले गरेको छ ।
त्यसैगरी केबलकार स्टेसनमा १० दिनसम्म कार्य रोक्ने मौखिक सहमति भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै समितिले वार्तामा भएको सहमति कार्यान्वयन नहुनु खेदजनक रहेको उल्लेख गरेको छ । वार्तामा भएको सहमति इमानदारीपूर्वक कार्यान्वयनमा नआउनु भनेको सरकार समस्या समाधान गर्न गम्भीर नरहेको पुष्टि भएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















