पाल्पामा डेरा गरी बस्नेको हत्या गरेको आरोपमा घरधनी पक्राउ

नवलपुर टुडे


पाल्पा, माघ २५ । पाल्पामा आफ्नो घरमा डेरा गरी बस्नेलाई मारेको आरोपमा एक घरधनी पक्राउ परेका छन्। जिल्लाको तानसेन नगरपालिका- १४ घर भएका ३१ वर्षीय माधव विष्ट आफ्नो घरमा डेरा गरी बस्दै आएका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी मारेको आरोपमा पक्राउ परेका हुन्। बुढाथोकी रिब्दिकोट- १ जोगीथुमका हुन्।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी सनिल मल्लका अनुसार विष्ट र बुढाथोकीबीच घरभाडाबारे विवाद भएको थियो। ‘मासिक भाडा पाँचसय रहेछ। त्यो नतिरेको भन्ने कुरा छ। त्यहीँ विवाद हुँदा हत्या भएको रहेछ’, अधिकारी मल्ले भने। अधिकार मल्लका अनुसार विष्टको दुईकोठे कच्ची घर थियो।
घरको एक कोठामा विष्ट आफू बस्थे भने अर्को कोठामा बुढाथोकी बस्थे। ‘दुईजना नै लेबर हुन्,’ उनले भने।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















