बखान च्याम्पियनसिप : शारदानगर सेमिफाइनलमा प्रवेश

नवलपुर टुडे


चितवन । शारदा युथ क्लब शारदानगर तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) सम्पन्न पहिलो क्वाटरफाइनलमा स्टार स्पोर्टस क्लब माडीलाई पराजित गर्दै शारदानगरले सेमिफाइनलमा स्थान बनाएको हो ।
बखान मिनी रगंशालामा भएको खेलमा शारदानगर २-० ले विजयी भयो । उसको जितमा दोस्रो हाफको दोस्रो मिनेटमा अश्विन तामाङले गोल गरे । दोस्रो हाफको १२ औं मिनेटमा मन्नु कुमालले माडीका गोलरक्षक केशर कोइरालाको गल्तीको फाईदा उठाउदै गोल गरे । शारदानगरका अश्विन प्लेयर अफ दि म्याच बने ।
प्रतियोगितामा शुक्रबार दोस्रो क्वाटरफाइनल खेल हुनेछ । जसमा सूर्यपुर फुटबल क्लब कालिका र गैंडाकोट फुटबल क्लब भिड्नेछ । खेल दिउँसो ३ बजे हुनेछ । फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
अरुपनि पढ्नुहोस
सबै
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
















