Opens in a new tab

अझै भेटिएनन् पुल बनाउँदै गर्दा भेरी नदीमा खसेका दुई कामदार

नवलपुर टुडे

29Shares
dida bag ad

सुर्खेत । सुर्खेतमा निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर भेरी नदीमा बेपत्ता भएका दुई कामदार अहिलेसम्म भेटिएका छैनन्। बुधबार बिहान निर्माणाधीन पुलको लट्ठा बाँध्ने क्रममा रुकुम पूर्वका दुई जना कामदार भेरी नदीमा खसेर बेपत्ता भएका थिए।रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर भेरी नदीमा खसेर बेपत्ता भएका हुन्।

सुर्खेतको भेरी नदी वारिपारिका गाउँहरु बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलबाट उनीहरु खसेका थिए । घटनाको केही समयपछि गएको सशस्त्रको गोताखोर टोलीले अबेरसम्म खोज्दा पनि फेला पार्न सकेको थिएन। बिहिबार बिहान पुनः गोताखोर टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

घटनास्थल नजिक गहिरो खोंच र नदीमा घुमाउरो ताल भएकाले खोजी कार्यमा असहज भएको बराहताल गाउँपालिका–४ का वडाध्यक्ष वृषबहादुर सिजापतीले जानकारी दिए । ‘हिजो (बुधबार) पनि सशस्त्रले अबेरसम्म नदी छेउमा खोजी गरेको थियो, गहिरो ताल भएकाले नदी भित्र जान सम्भव भएन,’ उनले भने, ‘आज आउने टोलीले सामग्रीसहित नदीभित्र पसेर खोज्छ ।’