बखान च्याम्पियनसिपमा शारदा युथको विजयी सुरुवात
दिप्शन गुरुङ


चितवन । तेस्रो संस्करणको बखान च्याम्पियनसिप फुटबल प्रतियोगितामा शारदा युथ क्लब शारदानगरले विजयी सुरुवात गरेको छ । वडा खेलकुद बिकास समिति भरतपुर १९ को आयोजनामा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा शारदाले मेट्रो पुलिस भरतपुरलाई ४-० ले हराएको हो ।
बखान मिनी रंगशालामा भएको खेलमा शारदालाई सहज जित दिलाउन मुन्ना कुमालले ह्याट्रिक गरे । यस्तै बिमाल तामाङले अर्को एक गोल गरे । मेट्रो पुलिस भरतपुरले केही राम्रो अवसर पाए पनि सदुपायोग गर्न असफल भयो । यो जितसँदै शारदा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा भोलि नारायणी मोटर्स युनिक क्लब बसेनी र पटिहानी फुटबल क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ । १० टोली सहभागी प्रतियोगिता फागुन १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















