प्याराडाईज बन्यो राईजिङ भरतपुर गोल्डकप च्याम्पियन

नवलपुर टुडे


- चितवन । मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरले जितेको छ । आज (शनिबार) सम्पन्न फाइनलमा बागमती युथ क्लब सर्लाहीलाई १-० ले हराउँदै प्याराडाईजले उपाधि चुमेको हो ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको उपाधि भिडन्तमा प्याराडाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले १६ औं मिनेटमा निर्णायक गोल गरे ।
खेलको अन्त्यतिर बागमतीले राम्रो अवसरहरु बनाए पनि गोल गर्न सकेन । निर्णायक गोल गरेक मोहित प्लेयर अफ दि म्याच चुनिए । च्याम्पियन बनेको प्याराडाईजले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित बागमतीले तीन लाखमा चित्त बुझाएको छ ।
उपविजेता बागमतीका राज भुसाल प्लेयर अफ दि सिरिज भए । यस्तै प्याराडाईजका अभिषेक बराल उत्कृष्ट गोलरक्षक तथा प्याराडाईजकै जीवन गुरुङ उत्कृष्ट डिफेन्डर बने । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरेको आयोजक चितवन ११ का अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















