ल्होछारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछः अध्यक्ष दाहाल

रासस


काठमाडौँ, माघ १७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने बताउनुभएको छ ।
तामाङ समुदायको सोनाम ल्होछारलगायतको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले यस्ता चाडपर्वले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, सामाजिक न्याय, दिगो विकास र आर्थिक समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले श्रम संस्कृतिमा आधारित प्रकृति पूजकको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिएको स्मरण गर्नुभएको छ ।
शुभकामना सन्देशमा उहाँले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गर्नुभएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















