अर्थ

नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नवलपुर टुडे
२०८१ माघ १७ | बिहान ११:१० बजे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापवाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । 

 

कमेन्टहरु