प्याब्सन लुम्बिनीका अध्यक्षमा लालहरि पाण्डे निर्वाचित

नवलपुर टुडे


बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित भएका छन् ।
संस्थाको चौथो अधिवेशन अन्तर्गत बुटवलमा भएको मतदानमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद मरासिनीका अनुसार पाण्डेले २१७ मत पाएर विजयी हुँदा पौडेलले १३७ मत पाएका यस्तै वरिष्ठ उपाध्यक्षमा धनराज चापागाईँ २११ मत पाएर निर्वाचित भए ।
उनका प्रतिस्पर्धी केशव सापकोटाले १४४ मत पाए । सचिवमा कृष्णप्रसाद शर्मा १८७ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी यम रावतले १७१ मत पाए । दुई उपाध्यक्ष पदमा अमरराज सुवेदी र महेशमान बज्राचार्य तथा कोषाध्यक्षमा महेश भुर्तेल र सहसचिवमा राजेन्द्रकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा हरि ज्ञवाली, उपेन्द्र गुप्ता, पूर्णबहादुर थापा, राजु यादव र रोशन श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन लुम्बिनीमा करिब ५ सय विद्यालय आबद्ध छन् । अध्यक्ष पाण्डेय दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















