Opens in a new tab

जनकपुरधाममा मिटरब्याज पीडितद्वारा जनजागरण अभियान सुरु

नवलपुर टुडे

29Shares
जनकपुरधाममा मिटरब्याज पीडितहरुले सुरु गरेको जनजागरण अभियान ।
dida bag ad

जनकपुरधाम, माघ १४ । मिटरब्याजको शिकार भएका किसान र मजदुरहरूका जनकपुरधाममा एक नयाँ चरणकोआन्दोलन सुुरु गरेको छ । मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि सडक अवरुद्ध गर्दै जनजागरण अभियान सुरु गरेको हो । यस अभियानको उद्देश्य मिटरब्याजको समस्याबारे जनचेतना फैलाउनु र सरकारको चुप्पीको विरूद्ध आवाज उठाउनु हो ।

किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले अभियानको शुभारम्भ गर्दै मिटरब्याजको मुद्दामा संसदमा कानून बनेपनि त्यसको कार्यान्वयनमा ढिलाई भइरहेको र पीडितहरूको समस्यामा कुनै समाधान नआएकोमा गहिरो असन्तोष व्यक्त गर्नुभयो । उहाँका अनुसार देशभर मिटरब्याजको शिकार भएका ६० हजार पीडितहरूले मुद्दा दायर गरे पनि तीमध्ये १० प्रतिशतको पनि समस्या समाधान भएको छैन । कुशवाहाले यदि यस्तै स्थिति रह्यो भने आन्दोलनको स्वरूप परिवर्तन गर्ने चेतावनी समेत दिनुभएको छ ।

आन्दोलनका केन्द्रीय महासचिव मनोज कुमार पासवानले भन्नुभयो,“सरकारसँग तीन चरणका वार्ताहरू भएका थिए, तर सम्झौताका बुँदाहरू कार्यान्वयन नभएको कारण चौथो चरणको आन्दोलनको शुरुवात गरिएको हो ।” उहाँले मिटरब्याज पीडितहरूको शोषणमा अझै वृद्धि भएको र कार्यदलले कुनै महत्वपूर्ण कदम नचालेको आरोप लगाउनुभयो । यो आन्दोलनले मिटरब्याजी साहु, वित्तीय माफिया, भू–माफिया र उनीहरूको संरक्षण गर्ने शक्तिहरूको विरोधमा जनसमुदायलाई जागरूक पार्ने र सशक्त संघर्षका लागि प्रेरित गर्ने लक्ष्य लिएको छ । यस अभियानले शोषित वर्गलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निम्ति अन्तिम संघर्षको संकल्प व्यक्त गरेको छ ।

आन्दोलनका अगुवा नेताहरूको भनाइ छ कि, यदि राज्यले मिटरब्याजका मुद्दामा गम्भीर कदम नचाले यो अभियान अझ सशक्त र व्यापक रुपमा फैलाउने तयारी गरिएको छ ।