माओवादीलेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

नवलपुर टुडे


सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको आज (आइतबार) को बैठक अवरुद्ध गरेको छ । वार्षिक १० हजार जनालाई रोजगारी दिने आफ्नो नेतृत्वको सरकारको कार्यक्रम अलपत्र पारिएको भन्दै माओवादी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।
बैठक सुरु भए लगत्तै माओवादी संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका जनतालाई रोजगारी दिने गरी अघि सारिएको कार्यक्रम कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै विरोध जनाएका थिए । लगत्तै अन्य माओवादी सांसदहरु पनि उठेका थिए । माओवादीको विरोधपछि उपसभामुख यशोदा न्यौपानेले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेकी छन् ।
बैठक सुचारु गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















