लुम्बिनी प्रदेशसभा बैठक आज पनि बस्दै

नवलपुर टुडे


दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज पनि बस्दैछ । पाँचौं अधिवेसनको छैठौं बैठक दिउँसो एक बजेका लागि बोलाइएको हो ।
प्रदेशसभा सदस्यले समसामायिक विषयमा विशेष समयमा बोल्ने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूचीमा समेटिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।
यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले थारु आयोगको पाँचौं र छैठौं वार्षिक प्रतिवेदन, मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन हरु सभामा पेश गर्ने समेत कार्यसूचीमा समेटिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















