रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

नवलपुर टुडे


उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको एसपी हुमागाईँले बताएका छन्। बरामद पेस्तोल गोली र आरोपीले प्रयोग गरेको मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आइतबार राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको एसपी विक्रम हुमागाईँले जानकारी दिएका छन्।
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको थियो।
पेस्तोल बोकेका धनञ्जय कुमार झा पक्राउ गरिएको तथा उनको साथबाट बीआर ०५ बी डी १२२४ नम्बरको अपाचे मोटरसाइकल १ थान र सामसङ कम्पनीको ए ३५ मोबाइल १ थान बरामद भएको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग
अरुपनि पढ्नुहोस
सबै
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो
















