बाजुरामा रुखबाट खसेर एक महिलाकाे मृत्युु

उमेश रोकाया


बाजुरा, माघ ०३ । जिल्लाकाे बुढीगंगा नगरपालिकामा बिहीबार रुखबाट खसेर एक महिलाकाे मृत्युु भएकाे छ। मृत्युु हुनेमा साेही नगरपालिका-३ बसालीकी ४३ वर्षीया बसन्ती उपाध्याय रहेकाे आफन्त तथा नेपाली काँग्रेस बुढीगंगा नगर कार्य समिति सभापति जयराज उपाध्यायले जानकारी दिएका छन् ।
उनले दिएकाे जानकारी अनुसार बिहान भैसीका लागि घर नजिकै रहेकाे रुखमा डालेघाँस काट्न गएका बेला रुखकाे हाँगा भाचिएर खसेपछि मृत्युु भएकाे बताए । रुखबाट खसेर घाइते भएकी उपाध्यायकाे उपचारका लागि ब्रह्मताेला स्वास्थ्य चाैकी लिएपछि घटनास्थलमै मृत्यु भइसकेकाे थियाे ।
घाँस काट्ने रुख नजिकै खानेपानीकाे धारा भएकाले टाउकाेमा गम्भीर चाेट लागेपछि मृत्यु भएकाे आफन्तले बताए । मृतक उपाध्याय चाैपाखे सामुदायिक सिकाइ केन्द्र ब्रह्मताेलामा कार्यरत थिईन् । मृतक उपाध्यायका दुई छाेरा छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















