चितवनमा बलेरोमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

नवलपुर टुडे


चितवन, माघ ३। भरतपुर महानगरपालिका–४ अध्यचोकमा बलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधवार दिउँसो २ः२० बजेको समयमा विशालचोकबाट धर्मचोकतर्फ जाँदै गरेको ना ५ च ९४८ नम्बरको बलेरो र आनन्दचोकबाट बाह्रघरेतर्फ जाँदै गरेको ना ४९ प २९३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गोर्खा लखन गाउँपालिका–३ मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आलेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बुधवार दिउँसो ३ः२१ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बलेरो र बलेरो चालक भरतपुर–२६ दिव्यनगर बस्ने वर्ष ३४ को गणेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















