Opens in a new tab

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ । मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ र डिजेल तथा मट्टितेल एक सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । योसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।

p(12)

0

अरुपनि पढ्नुहोस

सबै

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

२०८३ कार्तिक ३० | मध्यान्ह ०२:०७ बजे

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

२०८३ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे

विपन्नको उपचार गर्न महायज्ञ

२०८३ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे