सप्तकोशी मा.वि.ले नौ महिनापछि बल्ल विद्यार्थीहरूलाई छात्रवृत्ति रकम बाँडे
देवराजा यादव


सुनसरी। सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित सप्तकोशी मा.वि.ले नौ महिनापछि बल्ल विद्यार्थीहरूलाई छात्रवृत्ति रकम बाँडेको छ ।आइतबार एक कार्यक्रम गरी स्कुलका विद्यार्थीहरूलाई छात्रवृत्ति बाँडेको स्थानीय सञ्चारकर्मी देवराज यादवले जानकारी दिए । ‘समाचार लेखेपछि बल्ल बल्ल अहिले छात्रवृत्ति बाँडेछ’–उनले फोनसम्पर्कमा भने ।
सप्तकोशी मा.वि.का प्रधानाध्यापक कैलाशकुमार झाले छात्रवृत्तिको रकम निजी स्रोतमा राखिएका शिक्षक तथा कर्मचारीलाई तलब खुवाएको भनी यसअघि ब्लाष्टकर्मीलाई प्रतिक्रिया दिएका थिए ।शैक्षिक सत्र २०८०/०८१ मा दिनुपर्ने एक लाख ३६ हजार आठ सय रुपैयाँ छात्रवृत्ति निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई वितरण गरेको थियो । त्यहाँ तीनसय ४२ जना विद्यार्थीलाई छात्रवृत्ति नदिइएको हो ।
सामान्यतः शैक्षिक सत्रको अन्तिमसम्ममा छात्रवृत्ति वितरण गरिसक्नुपर्ने प्रावधान भए पनि हालै मात्र दिइएको हो ।यस विषयमा स्थानीय सरकारले पनि चासो दिएको थिएन । ब्लाष्टले दुई पटक समाचार प्रकाशित गरेपछि आइतबार सुटुक्कै छात्रवृत्ति वितरण गरिएको हो । यसबारे प्रधानाध्यापक कैलाशकुमार झाले आइतबार नै छात्रवृत्ति वितरण गरिसकेको बताए ।
उनले सबै शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थितिमा छात्रवृत्ति वितरण गरेको बताए ।दुईजना बालविकास, तीन जना निजी शिक्षकसहित विद्यालयमा हाल १६ जना शिक्षक छन् । छात्रवृत्तिको रकम अपचलन गरेको विषयमा भने हालसम्म प्रधानाध्यापक झालाई कारबाही गरेको छैन ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















