बाजुरामा भीरबाट लडेर घाइते भएकी एक बालिकाको मृत्यु

उमेश रोकाया


बाजुरा, पौष २९। बाजुराको गाैमुल गाउँपालिकामा भीरबाट लडेर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साेही गाउँपालिका वडा नम्बर ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकाया रहेकी छन् । शनिबार भिरबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो ।
शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट लडेर गम्भीर घाईते बालिकालाई सोही दिन उपचारका लागि आफन्तले घट्मुना आधारभूत अस्पतालमा ल्याएका थिए । उनको टाउँकोमा चोट लागेको नाक, कानबाट रगत बगिरहेको र बारम्बार वान्ता गरिरहेकी थिइन् ।
शरीरमा गम्भीर चोट लागेकाले यहाँ उपचार सम्भव नहुने भन्दै अस्पतालले शनिबार नै थप उपचारका लागि जिल्ला बाहिर लैजान डाक्टरहरुले आग्रह गरेका थिए । तर उनको घरको आर्थिक अवस्था कमजाेर भएपछि उपचार नपाएर उनले ज्यान गुमाउनु परेकाे जनाइएकाे छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















