पाल्पामा फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

नवलपुर टुडे


पाल्पा । पाल्पामा फोर्स गाडीले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका- ११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको प्रहरीले जनाएको छ।
बुटवलबाट गुल्मीतर्फजाँदै गरेको लु२ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट घाइते भएकी गहतराजको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । तानसेन रिडी सडक खण्डको सामाकोट नजिकै हिँडिरहेको अवस्थामा गाडीले ठक्कर दिएपछि घाइते गहतराजलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको थियो ।
ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















