बाजुरामा जीपको ठक्करबाट एक जनाको मृत्यु

उमेश रोकाया


बाजुरा, पौष २६। बाजुरामा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका १० घर भई हाल वडा नम्बर ९ बस्ने अन्दाजी ६० बर्षकी रुपशिला धामी रहेकी छन्। शुक्रवार दिउँसो बुढीनन्दा नगरपालिका वडा नम्बर ९ मा मार्तडीबाट कोल्टी जादैँ गरेको सु.प.प्र.०१–००१ च ४४३० नम्बरको जीपले ठक्कर दिँदा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।
कैलालीको चुरे गाउँपालिका ६ का लोकेन्द्र साउदले चलाएको जीपले सोहि ठाउँको पसलमा सामान झार्ने क्रममा ब्याग गर्ने क्रममा धामी सडकमा हिडिरहेको अवस्थामा ठक्कर दिएर मृत्यु भएको जनाएको छ । मृतक महिलाकाे शव पाेष्टमार्टमका लागि काेल्टी अस्पताल ल्याउने तयारी भइरहेकाे स्थानीयले बताए । जीप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















