Opens in a new tab

छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन मलाला पाकिस्तान आउने

दिप्शन गुरुङ

29Shares
dida bag ad
 

युसुफजईलाई सन् २०१२ मा पाकिस्तानी तालिवानले गोली हानी हत्या गर्ने प्रयास गरेपछि विदेशमा जीवन बिताउँदै आउनुभएको छ । आक्रमणपछि पनि उहाँले पाकिस्तानी किशोरीहरूको शैक्षिक तथा अन्य अधिकारका लागि आवाज बुलन्द गर्दै आउनुभएको छ तर पाकिस्तानको विरलै मात्र भ्रमण गर्ने गर्नुभएको छ ।

“म विश्वभरका मुस्लिम नेताहरूसँग छात्रा शिक्षासम्बन्धी महत्त्वपूर्ण सम्मेलनमा सामेल हुन पाउँदा उत्साहित छु,” उहाँले शुक्रबार एक्समा एक पोस्टमा लेख्नुभएको छ ।

“आइतबार म सबै बालिकालाई विद्यालय जान पाउने अधिकारको रक्षा गर्ने र तालिबानलाई अफगान महिला र बालिकाविरुद्ध गरेको अपराधका लागि किन जवाफदेही बनाउनुपर्छ भन्ने विषयमा सम्बोधन गर्नेछु,” उहाँले पोस्टमा लेख्नुभएको छ ।

मलाला फन्ड च्यारिटीका प्रवक्ताले उहाँ व्यक्तिगत रूपमा शिखर सम्मेलनमा सहभागी हुने पुष्टि गरेका छन् । मुस्लिम समुदायमा बालिका शिक्षामा केन्द्रित रहेर शनिबार र आइतबार राजधानी इस्लामावादमा दुई दिने शिखर सम्मेलन हुनेछ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले उद्घाटन गर्ने समारोहमा ४४ देशका मन्त्री तथा राजदूतका साथै संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कका प्रतिनिधि सहभागी हुनेछन् । यस शिखर सम्मेलनले मुस्लिम समुदायको शिक्षाको माध्यमबाट बालिकाहरूको सशक्तीकरणको साझा प्रतिबद्धतालाई पुष्टि गर्नेछ ।

सन् २०१२ मा अफगानिस्तानसँग सीमा जोडिएको स्वात उपत्यकामा पाकिस्तानी तालिबान लडाकूले विद्यालयको बसमा आक्रमण गरेपछि दिएको प्रतिक्रियापछि युसुफजाई चर्चामा आउनुभएको थियो । अफगान तालिबान र नेटो सेनाबिच सीमापार युद्ध चर्किरहेको समय पाकिस्तानी तालिबानको नेतृत्वमा यस क्षेत्रमा बर्बर आतङ्क फैलिएको थियो ।

हत्या प्रयासपछि उहाँलाई संयुक्त अधिराज्य (बेलायत)मा लगियो र बालिका शिक्षाको लागि विश्वव्यापीरूपमा आवाज उठाएका कारण १७ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार विजेता बन्नुभएको थियो ।