दुर्गा प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न आदेश

नवलपुर टुडे


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई तीन लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
प्रसाईंविरूद्धको आपराधिक लाभ र संगठित अपराध कसुरमा ३ थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेका हुन्। त्यस्तै हरिचन्द्र फुयालसँग पनि तीन लाख धरौटी माग भएको छ।
प्रसाईं, फुयाल र रामचन्द्र मैनालीविरूद्ध बुधबार सरकारी वकिलको कार्यालय काठमाडौले मुद्दा दायर गरेको थियो। मैनाली फरार छन्।
उनीहरूले संगठित रूपमा गभर्नर महाप्रसाद अधिकारी र व्यवसायीहरूलाई धम्क्याएको आरोप थियो। प्रसाईंले भारतीय गुण्डा नाइके लरेन्स बिस्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्क्याएको आरोप छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















