सोलुखुम्बुमा आगलागी, एकजनाको मृत्यु
दिप्शन गुरुङ


सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२, थुम्लिङमा गए राति भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको वडा सदस्य हरिाकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए ।
थप अनुसन्धानका निम्ति प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ ।
आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका निम्ति जिल्ला अस्पताल फाप्लुमा ल्याइएको प्रजिअ घिमिरेले बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















