मगर संस्कृति जोगाउन चितवनमा मौलिक ‘कौराहा’ प्रतियोगिता हुँदै

नवलपुर टुडे


चितवन, पुस २४ । नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले बुधबार (आज) पत्रकार सम्मेलन गरेर पुस २७ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । प्रतियोगिता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म ८ समूहले भाग लिइसकेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागि हुन चाहाने समूहको लागि दर्ता शुल्क पाँच हजार तोकिएको छ । मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिनेछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, लोक तथा दोहोरी गायिका रञ्जिता थापामगर, लोक तथा दोहोरी गायक बलबिक्रम थापामगर लगायत व्यक्तिहरु मुख्य आकर्षक रहनेछन् । आधुनिक प्रविधिको बढ्दो विकाससँगै मगर जातिको सांस्कृतिक पहिचान बोकेको कौराहाको वास्तविक रस हराउँदै गएकाले संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल मगर साँस्कृतिक संघ चितवनका अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन् । मगर समुदायको बसोबास बाक्लिँदै गएको चितवनमा संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आले मगरले बताइन् ।
मगर समुदायमा प्रचलित लोकगीतको एक प्रकारलाई ‘कौराहा’ र यसै गीतमा नाचिने नाचलाई ‘कौराहा नाच’ भनिन्छ । यो स्वरठी नाँच भित्र पर्ने एक इकाई हो । यसलाई मगर समुदायले रमाइलोका रुपमा नाँचगान गर्ने गरेको आलेमागरले बताइन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ३५ हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार र सान्तवना हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















