दैलेखमा हराएको एक हप्तापछि मृत भेटिए किशोरकिशोरी

नवलपुर टुडे


दैलेख, पुस २२। एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन् । पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४, मन्घरमा कक्षा १० मा अध्ययनरत मनसिंह विक र कक्षा ९ मा अध्ययनरत शर्मिला थापा एक हप्तादेखि बेपत्ता हुनुहुन्थ्यो ।
विद्यालयका प्रधानाध्यापक कर्णबहादुर थापाले एक हप्तासम्म पनि विद्यालयमा नआउँदा परिवारलाई खबर गरिएको र घरमा नभएको कुरा आएपछि खोजी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खोज्दै जाँदा जङ्गलमा एउटै डोरीमा बाँधिएर आत्महत्या गरेको पाइयो । प्रेमसम्बन्धमा थिए कि भन्ने आशङ्का छ ।”
छात्रा शर्मिला थापाका आफन्तसमेत रहेका प्रधानाध्यापक थापाले शवको पोस्टमार्टम गर्न केटापक्षले आनाकानी गरेको बताउनुभयो । उहाँले जातीय विभेदको कुरा ल्याएर केटापक्षले आनाकानी गरेपछि पोस्टमार्टम गर्न नसकिएको जनाउनुभयो । केटाकेटी दुवैले आत्महत्या गरेका कारण केटापक्षले नै केटीको समेत काजकिरिया गर्ने कुरा केटी पक्षले गरेको र केटापक्षले पोस्टमार्टम गर्दा गर्भमा बच्चा भएको खण्डमा मात्र आफूहरूले काजकिरिया गर्ने केटापक्षको अडान रहेको छ ।
दलित अधिकारकर्मी तथा अगुवा जयबहादुर विकले जातीय विभेदकै कारण किशोरले आत्महत्या गरेकाले सहजै पोस्टमार्टम गर्न नसकिने बताउनुभयो । उहाँले विभेदकै कारण दुवैको मृत्यु भएको बताउँदै यस्ता घटना दोहोरिन नदिन जिम्मेवार पक्षले विभेद अन्त्यका लागि साझा प्रतिबद्धता नगर्दासम्म आफूहरूले शव नबुझ्ने बताउनुभयो ।
उहाँले जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखको व्यवस्थापन पहिला गर्नुपर्ने बताउनुभयो । उहाँले दुवै पक्षको क्षति भएका कारण दुवै पक्ष सहमतिमा आएर शवको पोस्टमार्टम गर्न प्रहरीले सहजीकरण गरिरहेको जानकारी दिनुभयो । प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइसकेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















