नवलपरासीबाट लागुऔषध (ब्राउन सुगर)सहित २ जना पक्राउ


नवलपरासी । नवलपरासीबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- १७ बस्ने वर्ष १९ को परिक्षित यादव र सोही स्थान बस्ने वर्ष २२ को बिरु तेली रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो अन्दाजी १:३५ बजे रामग्राम नगरपालिका- १२ कसिया गाउँस्थित परासी-भुमही सडकखण्डबाट कसियातर्फ जाने भित्री पक्की सडकखण्डमा बिरु तेलीले चलाई ल्याएको क्रमश: युपि ५६ एक्यु१०३० र युपि ५६ एसि ८३६१ नम्बरको मोटरसाइकल शंका लागेर रोकी प्रहरी टोलीले सोधपुछ र शरीरसमेत खानतलासी गर्दा बिरु तेलीले लगाएको नाईक लेखिएको कालो ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको अवस्थामा ११ पुरिया खैरो रातो रङ भएको लागुऔषध (ब्राउन सुगर) फेला पारी नियन्त्रणमा लिएको हो ।

नियन्त्रण पछि तौल गर्दा प्लाष्टिकरहित नेट तौल १० ग्राम ८८० मिलिग्राम (दश ग्राम आठ सय असी मिलिग्राम) लागुऔषध ब्राउन सुगर र मोटरसाइकल, एक थान POCOM3 स्क्रिन टच मोबाईल थान-१ र MTR लेखेको किप्याड मोबाईल थान-१, समेत वरामद भएको कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी सम्मानित जिल्ला अदालत परासीबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको बोहराले बताए ।























