Opens in a new tab

३ लाख घुससहित राष्ट्रिय किताबखानाका शाखा अधिकृत पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पेन्सनपट्टा बनाउने प्रयोजनका लागि शाखा अधिकृत प्रसाईंले सेवाग्राहीबाट ३ लाख रूपैयाँ घुस लिएका थिए।घुस रकमसहित पक्राउ परेका प्रसाईंविरूद्ध थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिए।