अपराध

बाराबाट लागुऔषधसहित युवती पक्राउ

नवलपुर टुडे
२०८१ पुस १५ | बिहान ०६:०९ बजे

बारा । लागुऔषध इन्जेक्सनसहित बाराबाट राैतहटकी एक जना युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–७ बस्ने २१ वर्षकी मुस्कान कुमारी दास रहेकी छिन्।

जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ५१५९ नम्बरको यात्रुबाहक बस चेकजाँचको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

चेकजाँचको क्रममा बसको डिक्कीबाट लागुऔषध नोरफिन १२ सय पिस इन्जेक्सन, ड्राइजोपाम १२ सय पिस र फेनारगन १२ सय गरी ३६ सय पिस लागुऔषध इन्जेक्सन बरामद भएको प्रहरीले बताए ।

बरामद लागुऔषध ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा दासलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। पक्राउ परेकी युवतीसहित लागुऔषधको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

कमेन्टहरु