एनपीएल विजेता जनकपुर बोल्ट्सलाई गौंरमा भब्य स्वागत

अशोक यादव


रौतहट । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आइतबार रौतहटको सदरमुकाम गौरमा भव्य स्वागत गरिएको छ।त्यस्तै गाैर नगरपालिकाकाे नगर प्रमुख शम्भु साहले आफ्नो व्यक्तिगत तर्फबाट खेलाडीहरूलाई खेल प्रति अझै अगाडि बढनकाे लागि सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका छन ।
काठमाडौंमा सम्पन्न एनपीएलको उपाधि जितेपछि जनकपुर बोल्ट्सको व्यवस्थापनले मधेश प्रदेशका आठवटै जिल्लामा ट्रफीसहित भ्रमण गर्ने कार्यक्रम तय गरेको थियो। सोही क्रममा आइतबार गौर आइपुगेको हो। जनकपुर बोल्ट्सका खेलाडी र व्यवस्थापन टोलीले विभिन्न झाँकी प्रदर्शन गर्दै गौर बजार परिक्रमा गरे।त्यसपछि राइस मिल्समा आयोजित कार्यक्रममा खेलाडीहरूलाई औपचारिक स्वागत गरियो।
कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, नगरवासी, खेलप्रेमी, रौतहट क्रिकेट संघका पदाधिकारी तथा सयौं नागरिकले उत्साहपूर्वक सहभागिता जनाएका थिए। रौतहट क्रिकेट संघका पवन साहका अनुसार स्थानीयहरूले आफ्नो मन पर्ने टिम र खेलाडीलाई स्वागत गर्न पाउँदा गौरव महसुस गरेको बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















