सूर्यदर्शन सहकारी प्रकरणमा गण्डकीकी पूर्वसांसद मिना गुरुङ पक्राउ

नवलपुर टुडे


पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रतिवादी बनाइएकी गण्डकी प्रदेश सभाकी पूर्वसदस्य मिना गुरुङ पक्राउ परेकी छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले गुरुङलाई पक्राउ गरेको हो । नेकपा एमालेकी नेतृ गुरुङ सूर्यदर्शन सहकारीकी पूर्वउपाध्यक्ष हुन् ।
यस्तै पूर्वकोषाध्यक्ष आरती गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्कीमा दायर गरेको मुद्वामा मिना र आरतीलाई पनि प्रतिवादी बनाइएको छ ।
पूरक अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने, पूर्वडिआइजी छविलाल जोशी, गिता पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
एमालेनिकट मजदुर संगठनबाट राजनीतिमा उदाएकी पोखरा–१२, रानीपौवाकी ६३ वर्षीया मिना २०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य बनेकी हुन् । २०७९ सालको निर्वाचनमा कास्की २ (ख) मा नेपाली कांग्रेसका विन्दुकुमार थापासँग पराजित भएकी थिइन् ।
गुरुङ २०६५ देखि २०६८ सालसम्म सूर्यदर्शन सहकारीकी सञ्चालक समिति सदस्य भएर काम गरेकी थिइन्। उनी रहेको समितिले दुई पटक ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















