कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट छ वर्षीय बालकको मृत्यु

नवलपुर टुडे


कपिलवस्तु, पुस ९ । कपिलवस्तु नगरपालिका वडा नं. ६ सेमरीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सेमरी गाउँस्थित सडकमा सेमरीबाट लक्ष्मीनगरतर्फ जाँदै गरेको लु२ त ९६८५ नम्बरको ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको हो ।
प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने राजु अन्सारीका ६ वर्षीय छोरा अवरोज अन्सारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















