तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, दुईजनाको मृत्यु
दिप्शन गुरुङ


दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीखोलामा मंगलबार (आज) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
ट्रकका चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।
डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्कोरपियो (जीप)लाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करपश्चात् स्कोरपियो सडकमै रहेको र ट्रक पुलको बीचभागबाट खसेर दुर्घटना भएको थियो ।
स्कोरपियोमा सवार चारजना सकुशल रहेका प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















