अपराध

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि पत्नी निकितालाई पनि मुद्दा

नवलपुर टुडे
२०८१ पुस ७ | मध्यान्ह ०५:०९ बजे

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ। आइतबार दायर भएको अभियोगमा निकितालाई जफत प्रायोजनार्थ प्रतिवादी बनाइएको हो।

जफत प्रयोजनार्थ पौडेलसहित पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईंलाई प्रतिवादी बनाइएको छ। आठ कम्पनीलाई पनि जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वगृहमन्त्री लामिछानेले २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ। तसर्थ निकितालाई पनि प्रतिवादी बनाइएको हो।

कमेन्टहरु