देशको व्यापार घाटा ५ महिनामा ५ खर्ब नाघ्यो

नवलपुर टुडे


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिर मसान्तसम्ममा ७ खर्ब ३५ अर्ब १४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्ष यस अवधिमा ७ खर्ब ५ अर्ब ४१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । जसअनुसार गत वर्षको तुलनामा यस वर्ष ४.२१ प्रतिशतले वैदेशिक व्यापारमा वृद्धि भएको छ । यसैगरी कुल वैदेशिक व्यापारमध्ये ६ खर्ब ६१ अर्ब ४८ करोड बराबरको आयात भएको छ भने ७३ अर्ब ६५ करोड बराबरको निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको सोहि अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड बराबरको आयात भएको थियो भने ६३ अर्ब २० करोड बराबरको निर्यात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष आयात निर्यात दुवै बढेको छ । गत वर्षको तुलनामा चालु वर्ष ३ प्रतिशतले आयातमा वृद्धि भएको छ भने १६ प्रतिशतले निर्यात बढेको छ ।
यसैगरी चालु वर्षमा देशको व्यापार घाटा १.५२ प्रतिशतले बढ्दा ५ खर्ब नाघेको छ । चालु वर्षको ५ महिनामा ५ खर्ब ८५ अर्ब ८२ करोड बराबर वैदेशिक व्यापार घाटा रहेको छ । गत वर्षको यसै अवधिमा ५ खर्ब ७९ अर्ब बराबर वैदेशिक व्यापार घाटा रहेको थियो ।

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
अरुपनि पढ्नुहोस
सबै
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
















